ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छ



 

ग्याष्ट्रिकका बिरामीलाई खुसिको खबर ! घरमै यसरी गर्नुहोस सजिलो उपचार केही दिनमै छुटकरा पाइन्छ
ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने
ग्यास्ट्रिक भन्ने गरिन्छ ।

ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी
लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने,
खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको
खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु,
पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै
यसको लक्षण हो ।

यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती
मध्ये केही यहाँ भनिएको छ

बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको
एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो
गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् ।
यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर
पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि
पिउनुहोस् ।

अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको
रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो
समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग
पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
बेकिङ सोडा

बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या
हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस्
र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर
मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले
ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
हिंग

हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा
राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या
हट्दै जान्छ ।
जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र
केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन
गर्नुहोस् ।
लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्
। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा
राखी उमाल्नु र यसको सेवन गर्नु ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

वीर अस्पतालमा क्यान्सरको उपचार अब संसारकै अत्याधुनिक प्रविधिबाट

 

क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ। भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो ।

२० वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो। टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन।

सोमबार कोबाल्ट हटाएर केही दिनमै टोमोथेरापी जडान गर्ने तयारी भइरहेको वीरका क्यान्सर विभाग प्रमुख डा‍‍ विवेक आचार्यले बताए।

अमेरिकी प्रविधियुक्त टोमोथेरापी ४० करोडमा खरिद गरिएको हो। आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले यो खबर लेखेका छन्।

‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्छ।

एक बिरामीलाई थेरापी दिन १५ मिनेट समय लाग्छ,’ उनले भने, ‘वीरमा दैनिक ६५ जनासम्म क्यान्सरका बिरामीलाई सेवा दिनुपर्ने हुन्छ। यसकारण जनशक्ति नथप्दा भने सेवा प्रवाहमा समस्या हुन सक्छ।’

सुरक्षाका लागि टोमोथेरापी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा राखिएको छ। भारतीय कम्पनी बिग्रिएको कोबाल्ट मेसिन लैजान तयार भएपछि उपकरण र जनशक्ति नेपाल आइसकेका छन्। मेसिन बोक्ने ट्रेन सोमबार वीरमा आइपुग्नेछ।रेडिएसनले असर गर्ने भएकाले कम्पनीले भारत नै लगेर कोबाल्ट नष्ट गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
जन्मदिनको पैसा बिरुवा नेपाललाई

  अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र

रवि लामिछानेलगायतविरुद्ध पुडासैनी पत्नीको किटानी उजुरी !

  कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

  अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

रौतहटमा जंगली हातीले एकघर भत्कायो

  रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर