बिहानै मनतातो पानीमा मह र कागती मिलाएर खानुहोस्, मिल्नेछ यस्ता स्वास्थ्य समस्याबाट राहत

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

 

बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ। कोहि अनुहारको छाला राम्रो बनाउन कागती ,पानी र मह पिउँछन् भने कोहि तौल घटाउन कागती मह र पानी पिउँछन्। आँउनुस कागती पानीका फाईदा के के रहेछन् पढ्नुस।।

१ खाली पेटमा कागती,मह पानी

आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाउनुस र त्यसलाई तत्कालै पिउँनुस। यो पानी खाएको १ घण्टामा चिया या कफी पिँउनुस्। उक्त मिश्रण तपाई मुख नधोई अर्थात ब्रश नगरी पनि पिउँन सक्नु हुन्छ। नियमित कागती पानी पिँउने गर्दा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ।

२ पाचन शक्तीको लागि पनि उपयोगी

कगती, मह र तातो पानीले तपाईको पाचन शक्ती बलियो बनाउँदछ। कागतीको मद्दतले कलेजोमा केहि तरल पदार्थ बन्छ त्यसको कारण हामीले खाको खाना सजिल्यै पच्दछ।

यदि तपाईलाई एसिडिटिको समस्या छ भने कागती पानी र मह मिलाएर पिउँनुस । महमा एंटी( ब्याकटेरियल तत्व हुन्छ जसले ब्याक्टेरिया र जम्सलाई नष्ट गर्छ।

तातो पानीले हाम्रो घाँटीमा जमेको कफ पनि निकाल्दछ। त्यसको साथसाथै यसले शरिरमा भएको टक्सिन पनि निकाल्दछ,जस्ले गर्दा पेट सफा हुन्छ।

३ कब्जीयतबाट छुट्कारा

कागती पानी र महको मिश्रण नियमित सेवन गर्दा कब्जीयत बाट पनि सजिल्यैसंग छुटकारा पाँउन सकिन्छ। उक्त पानी पिँउदा पत्थरी हुने सम्भावना पनि कम हुन्छ। पत्थरी भनेको केल्शियम जम्मा भएर बनेको ढुङगा हो ,यो कागती पानीको मिश्रणले उक्त कुरा जम्न दिँदैन र पत्थरी हुने सम्भावना कम हुन्छ।

४ इनर्जीको खानी

एका बिहानै मन तातो पानीमा मह र कागती मिसाएर पिँउदा दिनभरी जागरीलो र फुर्तिलो बनाउछ। उक्त मिश्रणले दिमागमा ताजा ब्लड उपलब्ध गराउन मद्दत गर्दछ । त्यसैगरी कागतीको बास्नाले पनि तपाईको मुड फ्रेस बनाउँदछ।

५तौल घट्न मद्दत गर्दछ

कागती पानी र मह मोटोपना घटाउने अचुक र निकैनै फलदायी उपाय हो । कागतीमा भिटामिन -सी हुन्छ यसले गर्दा हाम्रो शरिरमा मेटाबोलिजमको मात्रा बढ्छ र तौल घट्छ।

कागतीमा पेक्टिन नाम गरेको फाईबर हुन्छ त्यसले पेट टन्न भए जस्तो गराउँदछ।

६ अनुहारमा निखार आँउछ

कागती यतिकै पनि छालाको लागि राम्रो मानिन्छ। तर मह र तातो पानीमा मिसाएपछि यसले हाम्रो छालालाई प्यूरीफाई गर्ने काम गर्दछ। कागती एंटी-ब्याकटेरियल भएकोले यसले मुखमा भएको दाग हटाउँदछ र अनुहारमा चमक

आँउदछ।

मासुबाट भन्दा दोब्बर हैन तेब्बर प्रोटिन यी फुडबाट : अति स्वस्थकर

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः

देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम : १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस : दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर : अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।


तपाईंको प्रतिकृयाहरू

 

 


ताजा अपडेट
सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ

डा बाबुराम भट्टराई पहिलोपटक दौरा-सुरुवालमा (तस्वीरमा)

एकता टुंग्याउन नेकपाको सचिवालय बैठकमा यसरी छलफल, कार्यदल सदस्यपनि सहभागी

विश्व विजेता अमेरिकन खेलाडीले सन्यास लिएर हिन्दु धर्मको प्रचारक बनेपछि

बुबा–आमाकाे दुर्व्यबहारले कति पटक मर्ने प्रयास गरेँ,म हुर्केकाे समाजनै गलत छः सावित्री सुवेदी

कोरियन भाषा परिक्षा आवेदन खुल्यो, १७ गते देखि १९ सम्म परिक्षा आवेदन फारम भर्न सकिने

अस्ट्रेलियामा १००० नर्सिङ पढने नेपाली विद्यार्थीको बिचल्ली , हेर्नुहोस भिडियो सहित, क कसले ठगे

अस्ट्रेलिया जान नक्कली बिहे

कहिलेसम्म आइरहन्छ यसरी भुकम्प ? तर्साको तर्साइ

प्रियंका चोपडा गर्भवती ?