नयाँ सरकार नबन्दै मन्त्रालयमा भागबण्डा ?



काठमाडौँ । नयाँ सरकार नबन्दै सत्तासीन नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलाउन छलफल सुरु गरेको छ ।

यसअघि माओवादीले लिएका मन्त्रालय काँग्रेसले र काँग्रेसको भागमा परेका मन्त्रालय माओवादीले राख्ने गरी सहमति भएको छ । तर माओवादीलाई यसअघि काँग्रेसले लिएको संख्या भन्दा तीन मन्त्रालय घटाउने कुराप्रति माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाएको बुझिएको छ ।

यसअघि माओवादीले ९ र काँग्रेसले १३ मन्त्रालय सम्हाल्ने गरी सहमति भएको थियो । नयाँ बन्ने सरकारमा गृहमन्त्रालय माओवादी केन्द्रले लिने भएको छ भने अर्थ मन्त्रालय नेपाली काँग्रेसले लिने सहमति भइसकेको छ । बाँकी महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माओवादी केन्द्रको दाबी छ ।

नेकपा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने सरकारमा अर्थ मन्त्रालय नेपाली काँग्रेस र गृह मन्त्रालय माओवादीले लिने सहमति भइसकेको र अन्य मन्त्रालयको हकमा सरकारमा सहभागी हुने अरु दलले दाबी गरेका आधारमा मन्त्रालय भागबण्डा गर्ने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थि गर्न प्रभु साह माग

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरधाम स्थित

अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने ठाउँमा पुग्‍नै हुँदैन : मन्त्री भट्टराई

  नेकपा स्थायी समितिको बैठक सरेको सरै छ, कहिलेसम्म निकास आउला ? स्थायी

पार्टीभित्र तत्कालका लागि युद्धविराम गर्नुपर्छ : जनार्दन शर्मा

  नेकपाको विवाद उत्कर्षमा पुगेका बेला स्थायी कमिटीका सदस्य तथा प्रभावशाली नेता जनार्दन

पार्टी फुट्न दिन्नौ, आवश्यक परे शीर्ष तहमै हस्तक्षेप हुन्छ : नेकपा दोस्रो तहका नेताहरु

  सत्तारुढ दल नेकपाभित्रको विवाद विभाजनकै तहमा बल्झिन थालेपछि दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले