दृष्टिविहीन पुरुष क्रिकेटमा बागमती विजयी



काठमाडौँ । नवौं क्षेत्रीय दृष्टिविहीन पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । बिहीबार भएको खेलमा बाँकेलाई पाँच विकेटले पराजित गर्दै बागमतीले तीन टोली सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा टस हारी पहिले ब्याटिङको पाएको बाँकेले १९दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार गरेको थियो । जवाफमा बागमतीले १२ दशमल ३ ओभरमा मात्र पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।

बागमतीको जितमा रमेशबहादुर बानियाँ र भेषबहादुर रानाभाटले समान १८–१८ रनको योगदान दिए । त्यसअघि बागमतीका श्याम ढुंगाना एक्लैले पाँच विकेट लिएपछि बाँके सानो योगफलमा समेटिन पुगेको थियो । आनन्द पाण्डे र कुशल न्यौपानेले पनि एक–एक विकेट लिएका थिए । बाँकेका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य टोलीलाई विजयी बनाउन सकेनन् । बाँकेका लीलबहादुर चौधरीले तीन तथा दुर्गादत्त र यामजंग विष्टले बागमतीको एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका श्याम ढुंगाना म्यान अफ दि सिरिज घोषित भए । उनले प्रतियोगिताभर आठ विकेट लिँदै १७ रन जोडेका थिए । कादुरी फाउन्डेसनको सहयोगमा सञ्चालित प्रतियोगितामा सहभागी तीनवटै टोलीलाई संघले प्रोत्साहनस्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राखेप उपाध्यक्षमा शिव कोइराला “ज्वाला”

  मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला ज्वालालाई नियुक्त गरेको छ

गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’

  आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख

    मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार

प्रधानमन्त्री ओलीले भने स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिन्छु

  सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही