दशलाखले हेरे बद्री पँगेनीको राजनीतिक गीत



काठमाडौँ । लोकगायक बद्री पँगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदावहार लोकगायकको परिचय बनाउन सफल छन् । त्यतिमात्र होइन, पछिल्लो समय उनी जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाएका छन् । 

तर यतिखेर भने उनको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ । उनले गाएको ‘सही पनि एमाले, मै पनि एमाले’ राजनीतिक गीत युटुबमा १० लाखको हाराहारीमा दर्शकले हेरेका छन् । 

स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बनाइएको एमालेको गीत हेर्नेको संख्या अत्यधिक देखिएको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तहको निर्वाचनताका नै यो गीत हेर्नेको संख्या १० लाख पुगेको हो । अझै प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन बाँकी नै छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गते दोस्रो तहको निर्वाचनको तयारी गर्दा फाइदा भने पँगेनीलाई पुगेको छ । उनको गीत एमालेले प्रचार अभियानमा बजाएको छ भने युटुबमा पनि हेर्नेको संख्या अत्यधिक हुँदैछ । गीतमा पँगेनीलाई प्रिया भण्डारीले साथ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
गोंगबु हत्याका आरोपितको बयान : (भिडियोसहित)

    यही आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा

ऋण काढेर किनेको चामल उर्लेको भेलमा ज्यान फालेर जोगाएँ, तर खानै पाइएन

  केही दिनअघि टिकटकमा एउटा भिडिओ भाइरल भयो। भिडिओमा एक जना व्यक्तिले पिँठ्युमा

मदन र मनमोहनका सहयात्रीको गर्जन सरकार ढाल्न खोज्ने भारतकै दलाल,यिनलाई सोत्तर पार्नुपर्छ : वसन्त गौचन, वामपन्थी नेता

  वामपन्थी नेता वसन्त गौचनले मदन र मनमोहनका सहयात्रीको गर्जन सरकार ढाल्न खोज्ने