नर्भिकका डाक्टरले देब्रे घुँडाको अप्रेसन गर्नु पर्नेमा दाहिनेको गरे,नर्भिक अस्पताल बिरुद्द सरकारले ठगी मुद्दा चलायो

प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार

नर्भिक अन्तराष्ट्रिय अस्पतालले उपचारका क्रममा गम्भीर गल्ती गरेको भेटिएको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो ।

चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए ।

रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए । विन्दु बिहीबार काठमाडौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगिन् ।
उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्‍याए । ‘अहिले त हिँडेरै आएको छ । दुख्दा पनि दुखेको छैन भनेको पछि गाह्रो हुन्छ भने’ विन्दुका श्रीमान किशोर पौडेलले भने ।

उसो त अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा. नेपालले पटक पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् ।

हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो ।
उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए ।

जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।

त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए ।

विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँ, त्यसैले त्यसकै अपरेशन गरेँ ।’

तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।

तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे ।
शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।

विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलले बिरामीको बेडचार्ज लिएर पनि पुनः बेड सर्भिस चार्ज लिएको देखिएपछि आपुर्ति ब्यवस्था विभागले ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेको छ ।

विभागले २०७४ पुस १७ मा महानगरीय प्रहरी परिसर काठमाडौलाई ठगी मुद्दा चलाउन पत्राचार गरेको हो । देशको सबैभन्दा ठुलो ब्यापारिक घराना दाबी गर्ने र फोब्र्स म्यागाजिनमा नेपालका सबैभन्दा धनीको सूचीमा नाम परेका विनोद चौधरीका भाइ बसन्त चौधरीले नर्भिक अस्पताल संचालन गर्दै आएका छन् ।

अस्पतालहरुले मनपरी शीर्षकमा बिरामीसँग असुल्न सरासर ठगी भएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको भनाई छ ।

संविधानमा शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरे पनि ब्यवहारमा नीजि अस्पत्ताल र बोर्डिङ स्कुलहरुले लिनै नपाइने विभिन्न शीर्षकमा शुल्क लिइरहेका छन् । तर, अनुगमन गर्ने र दोषी पाइएमा कारवाही गर्ने निकाय सरकार भने कानमा तेल हालेर बसिरहेको छ ।

उता २३ औं जनयुद्ध दिवसको अवसरमा पालुङटारको बिरुवाटारमा आयोजित भेलाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले जनसरकार बनाएपछि यो साता गोरखाको राजनीतिक माहौल फरक धारतर्फ ढल्कियो।

पार्टीमा आबद्ध रहेकाहरु उपस्थित रहेको भेलाले पहिले २५ सदस्यीय जनप्रतिनिधिसभा गठन गरेलगत्तै विष्णुप्रसाद रिजालको नेतृत्वमा ११ सदस्यीय जनसरकार गठन गरिएको छ। जनयुद्ध सुरु भएका बेला च्याङ्लीकै बिरुवाटारस्थित सहकारीमा माओवादीले बम हानेको थियो।

शान्ति सम्झौतापछि देश शान्तितर्फ तथा संक्रमणकालको अन्त्य हुनेतर्फ लागिरहेका बेलामा बिप्लव माओबादीले जनसरकार गठन गरेपछि फेरि मुलुक द्वन्द्वततर्फ जाने त होइन भन्ने सन्त्रास बढेको छ। जनसरकारमा पार्टीका को–को नेता सदस्य छन् र के जिम्मेवारी दिइयो भन्नेबारे पार्टीले खुलाउन चाहेको छैन।

जनसरकार घोषणा कार्यक्रममा तमुवान स्वायत्त प्रदेशका जनसरकार प्रमुख किसानसिं तमु, केन्द्रीय सदस्य सावित्री दुरालगायत उपस्थित थिए। पार्टीका गोरखा सेक्रेटरी गोपाल पाण्डेका अनुसार जिल्लामा भए/गरेका विकासका योजनामा भएका ढिलासुस्ती, भ्रष्टाचार खोजी गरी खबरदारी गर्ने काममा जनसरकार लागिपर्नेछ। उनका अनुसार नदीजन्य पदार्थको दोहन, भूकम्पपीडितलाई राहत उपलब्धता, बूढीगण्डकी आयोजनामा भएका ढिलाइ, किसानका जग्गा समस्याहरु हल गर्न जनसरकार गठन गरिएको हो।

यसअघि विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले चन्दा आतंक मच्चाएका थिए। निर्वाचनका बेला पार्टीका कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको थियो। नियम विपरीत संचालनमा रहेका क्रसर उद्योग उद्योगप्रति पनि उनीहरुले खबरदारी गर्ने जनाएका छन्। बूढीगण्डकी आयोजना प्रभावितलाई उचित मुआब्जा दिन पनि उनीहरुले आग्रह गरिसकेका छन्।

नाम छुटेका भूकम्पपीडितलाई सरकारले लाभग्राहीको सूचीमा राखेर घर बनाउन अनुदान दिनुपर्ने समेत उनीहरुले बताएका छन्। राज्यलाई एनजीओ, आइएनजीओले संचालन गरेको आरोप लगाउँदै नेकपाले ‘एनजीओ, आइएनजीओलाई जनसरकारसंग समन्वय गर्न आह्वान गर्ने, अटेरी गरे गोरखा प्रवेशमा रोक लगाउने’ चेतावनी समेत दिएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी

नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी

गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामत, दुईजाना जाकिए प्रहरीको खोरमा

के कारण मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत, मन्त्रिपरिषदमा खैलाबैला, आब के हुन्छ मुख्यमन्त्रीको हालत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु लाइभ

साँठगाँठ र सेटिंगमा एक अर्बको कागज खरिदमा ३० करोड खाने यस्तो छ महाप्रबन्धक महेश तिमिल्सिना दाउ

ओली र प्रचण्डले अब एक महाधिवेशनमा मात्र अध्यक्षको उम्मेदवार बन्न पाउँने, तेस्रो पटक अध्यक्ष बन्न नपाउने, यस्तो छ नेकपाको विधान

यसरी चम्किने इङ्ल्यान्डको भाग्य, कमजोर ट्युनिसियालाई इङ्ल्यान्डले जित्ने पक्का

मलेसियामा दंग पल र आँचल

पर्यटन प्रवद्र्धनको पहल