सिरियाको गुटामा दुई हप्तामा ३४६ नागरिक मारिए, ८७८ घाइते

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३४६ नागरिक मारिएका बुधबार जनाएको छ ।

सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

“दामास्कसको आवास क्षेत्रमा मात्र कम्तीमा ३४६ जनाको मृत्यु भएको छ भने अरु ८७८ जना घाइते भएका छन्,” राष्ट्रसंघीय कार्यालयले भनेको छ ।

मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् । उक्त सेनामा यस क्षेत्रमा यसै महिनाको सुरुदेखि निकै आक्रामक रुपमा हवाई कारबाही सुरु गरेको बताइएको छ ।

यसरी मारिनेमध्ये ९२ जना नागरिकको गत सोमबार भएको हवाई कारबाहीका क्रममा ज्यान गएको हो । गत सोमबार अर्थात एकैदिनमा १३ घण्टाभित्र ती सर्वसाधारण नागरिक मारिएका यसअघि नै बताइएको थियो ।

राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले भनेको छ– गुटामा यही फेब्रुअरी ४ देखि हवाई तथा स्थल कारबाही भएको हो र त्यसमा परी दई हप्तामा मात्रा यति धेरै नागरिक हताहत भएका छन् ।

मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका छन् भन्नुभयो ।

उनीहरु आधारभूत आवश्यकताका सेवा सुविधाहरुबाट समेत बञ्चित भएका छन् भने बम आक्रमणहरु पनि उत्तिकै खेपिरहेका छन् ।

गत सोमबार र मङ्गलबार मात्रै पनि दर्जनौँ हवाई आक्रमण र सयौँ स्थलमार्गबाट हुने आक्रमण गुटाको विभिन्न आवासीय क्षेत्रमा भएको छ । त्यस्तो आक्रमण बुधबार पनि जारी रहेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।
गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाँउ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो ।

त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो ।

यसबाट तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन् ।

त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थतापित भएका वा शरणर्थीको रुपमा बस्न बाध्य भएका छन् । सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी

नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी

गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामत, दुईजाना जाकिए प्रहरीको खोरमा

के कारण मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत, मन्त्रिपरिषदमा खैलाबैला, आब के हुन्छ मुख्यमन्त्रीको हालत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु लाइभ

साँठगाँठ र सेटिंगमा एक अर्बको कागज खरिदमा ३० करोड खाने यस्तो छ महाप्रबन्धक महेश तिमिल्सिना दाउ

ओली र प्रचण्डले अब एक महाधिवेशनमा मात्र अध्यक्षको उम्मेदवार बन्न पाउँने, तेस्रो पटक अध्यक्ष बन्न नपाउने, यस्तो छ नेकपाको विधान

यसरी चम्किने इङ्ल्यान्डको भाग्य, कमजोर ट्युनिसियालाई इङ्ल्यान्डले जित्ने पक्का

मलेसियामा दंग पल र आँचल

पर्यटन प्रवद्र्धनको पहल