प्रदिप खड्काको मुख्य भूमिका रहेको ‘लिलिबिली’ चैत ३० मा रिलिज हुने



फिल्म लिलिबिली चैत ३० मै रिलिज हुनेभएको छ। नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुने भनिएको फिल्म ‘लिलिबिली’ले आफ्नो रिलिज डेटलाई पछाडि सारेको थियो।

उक्त मितिमा बलिउडको प्रतिक्षित फिल्म ‘२.०’ आउने पक्का भएकाले ‘लिलिबिली’ले आफ्नो रिलिज डेटलाई बैशाख १४ मा पुर्‍याएको थियो।  अब भने ‘लिलिबिली’ पुन: चैत ३० मा नै प्रर्शनमा आउने भएको छ। ‘२.०’ ले आफ्नो रिलिज डेट पोष्टपोन्ड गरेसँगै ‘लिलिबिली’ पुन: चैत ३० मा फर्किएको हो।

प्रदिप खड्काको मुख्य भूमिका रहेको ‘लिबिली’लाई मिलन चाम्सले निर्देशन गरेका हुन्।फिल्ममा प्रदिपसँगै प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम शाही, सबिन श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ। जसिताले यसै फिल्मबाट डेब्यु गर्दै छिन्। ‘कफिया फिल्मस्’ ‘चाम्स इन्टरटेन्टमेन्ट’ र ‘सुदीप खड्का प्रोडक्सनुको संयुक्त व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, मिलन चाम्स र सुदिप खड्काको लगानी छ।

प्रतिक्रिया दिनुहोस
देउवाले मध्यराती दस विभागमा एकलौटी मनोनयन गरे

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव

संक्रमति बढेपछि फेरि लकडाउन गर्ने सरकारको तयारी

  लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक

प्रचण्डलाई भीम रावलको प्रश्न : तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ?

  नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण पछिल्लो समय शिर्ष नेतानै दवाव थेग्न नसक्ने

केकी र पुष्पको मायाको घर बसाउने कुरो

  गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ