भारतमा सडक दुर्घटनामा सातको मृत्यु



पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो राज्यको नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो । उक्त रिक्सामा रहेका यात्रुको मृत्यु भएको बताइएको छ ।

अटोरिक्सामा रहेका सबैजना अर्थात चालकसहित सात व्यक्तिको मृत्यु भएको प्रहरी समाचारमा जनाइएको छ ।

ती यात्रुहरु सो अटोरिक्सामा उक्त दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले क्षमता भन्दाबढी सङ्ख्यामा रहेको अटोरिक्सालाई ठक्कर दिएपछि चालकले नियन्त्रण गुमाएका थिए ।

भारतमा विश्वका अन्य देशहरुको तुलनामा सडक दुर्घटना बढी हुने गरेको पाइन्छ । सडक मर्मत सम्भारको कमी र चालकको लापरवाही लगायतका कारणले यहाँ बढी नै दुर्घटना हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार, संक्रमित १० लाख बढी

  विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार

अस्ट्रेलियामा यस्तो छ नेपाली विद्यार्थीको अवस्था

  करिब ६२ हजार नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियामा कोरोना भाइरसका कारण लकडाउन भएपछि

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बन्यो कोरोना : राष्ट्रसंघ

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो

कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ हजार, ८ लाख ५८ हजारबढी संक्रमित

  संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर