रोजगारी छाडेर व्यवसाय गर्दा यसरी भइन्छ सफल, यी युवतीबाट सिकौँ



 

सबैभन्दा राम्रो नोकरी छोडेर कुनै पनि मान्छे आफै व्यवसाय गर्न थाल्ला ? धेरै मान्छेलाई सोध्नु भयो भने कमैले मात्र गर्न सक्छौ वा थाल्छौ भन्ने जवाफ दिन्छन ।

 

अधिकांश मान्छेले बढी तलब आउने रोजगारीलाई नै निरन्तर अगाडि बढाउन चाहन्छ । कमैको मात्र चासोमा व्यवसाय वा आफ्नै काम हुन सक्छ । पछिल्लो पटक भारतीय युवा तथा युवतीमा बढी तलब आउने जागिर छाडेर व्यवसायमा आकर्षित भइरहेको तथ्य सार्वजनिक भएको छ ।

 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार युवा नै रोजगारी छाडेर व्यापार तथा व्यवसायमा आकर्षित भएका छन् । बढी तलब आउने कम्पनीको रोजगारी छाडेर व्यापार तथा व्यवसाय सुरु गरेका कारण हाल ४०० करोड बराबरको आनै कम्पनी खडा गर्न सफल भएको पाइएको छ । ती युवतीले ४ वर्ष पहिले आनै कम्पन सुरु गरेकी थिइन । हाल उनको कम्पनीको हरेक दिन १३ हजार करोड भारतीइ रुपैयाँ बराबरको अर्डर आउने गरेको छ ।

 

बेरोजगार भए, कमा पाइन भन्दै विदेशतिर भौँतारिने, निराश भएर बस्नेहरूका लागि यो एउटा गतिलो सकारात्मक उदाहरण हुन सक्छ । जागिर मात्रै केही होइन, आफ्नै काम गरेर भए पनि धेरै कमाउन सकिन्छ भन्ने उदाहरण ती युवतीले पेस गरेकी छिन् । उनलाई नपुग्दो केही थिएन, राम्रै तलब आउँथ्यो, राम्रै काम गर्ने अवसर पनि थियो । तर जागिर भनेको अरूको अन्डरमा काम गर्नुपर्ने भएकाले आफू कम्पनी नै उनका लागि योग्य साबित भयो ।

 

भारतको अहमदवादका विद्यार्थी रश्मि दागले जागिर छाडेर आनै व्यापार गरेका कारण उच्च स्तरको सफलता हासिल गरेकी छिन् । ४ वर्षको बिचमा उनले ४०० हजार करोड बराबरको कम्पनी खडा गरेकी छिन् । मेट्रो सहरमा फ्रेस फलफुलको डेलिभरी गर्ने उनको कम्पनी फ्रेस मेन्यूले आजकल हरेक दिन १३ हजार करोड बराबरको ताजा फलफुल वितरण गर्ने गरेको छ ।

 

रश्मिको कम्पनी आजकल धेरैका लागि उदाहरणीय कम्पनी बनेको छ । होटलहरुको चेनको रुमपा विकास भएको आयो होटेलले समेत उनकै कम्पनीको ताजा फलफुल खरिद गर्ने तयारी गरेको छ । उसले फलफुल नै खरिद गर्ने कि रश्मिको कम्पनी नै खरिद गर्ने हो सो बारेमा केही बताइएको छैन । तर सञ्चारमाध्यमहरूका अनुसार भने उनको कम्पनी ४२० करोड भारतीय रुपैयाँमा डिल भइरहेको बताइएको छ ।

 

सानो प्रयासबाट पनि ठुलो काम गर्न सकिन्छ र धेरै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी रश्मिको बारेमा हाल सोध खोज मात्रै होइन, भारत भर नै चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतल निवासमा भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

कतारका राजालाई विमानस्थलमा भव्य स्वागत

     कतारका राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका छन्

रेशमलाई साधारण सदस्यबाटै हटाउने रञ्जिताको तयारी

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम

लगानी सम्मेलनमा १४८ वटा आयोजना राखिने

     वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा